|

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ। चार वर्षे कार्यकाल पूरा गरेर कुलमान घिसिङ बिदा भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेका हुन्। 

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष मन्त्री पुनले कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन्। ऊर्जा मन्त्रीका प्रेस सल्लाहकार ​दयानीधि भट्टले वरिष्ठताका आधारमा कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकिएको जानकारी दिए।

प्राधिकरणमा कोइराला अर्थ निर्देशनालयका प्रमुख छन्। यसअघि कुलमानले आफू अनुपस्थित हुँदा कोइरालालाई नै निमित्तको जिम्मेवारी दिने गरेका थिए। यसअघिको उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निमित्त कार्यकारी निर्देशक बनाउने चर्चा थियो। उनी वरियतामा पनि सबैभन्दा वरिष्ठ थिए।

निमित्त कार्यकारी निर्देशक बनेका कोइराला १२औं तहका उपकार्यकारी निर्देशक पदमा छन्। उता शाक्य एनईए इन्जिनियरिङ कम्पनीमा प्रबन्ध सञ्चालकको भूमिकामा छन्। 

सच्याइएको : यसअघि भूलवश अर्कै व्यक्तिको फोटो प्रकाशित हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.