|

काराबाओ कप फुटबलमा एफसी बर्नमाउथले क्रिस्टल प्यालेसमाथि रोमाञ्चक जित निकालेको छ। 

जितसँगै बर्नमाउथ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ। गएराति भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। 

पेनाल्टी सुटआउट पनि उत्तिकै रोचक बन्यो। दुई टोलीले कुल २४ पेनाल्टी प्रहार गर्दा बर्नमाउथ ११–१० ले विजयी हुदै अर्को चरणका पुग्न सफल भएको हो। दुवै टोलीले सुरुमा १० प्रहारमा लगातार गोल गरेका थिए। 

११ औं पटकको प्रहारमा दुवै टोलीका गोलरक्षक चुके। ११ औं प्रहारमा बर्नमाउथका डाभिड ब्रुक्सले गोल गर्दा प्यालेसका लुका मिलिभोजेभिचको प्रहार बर्नमाउथका गोलरक्षकले जोगाएका थिए। अब बोर्नमाउथले दोस्रो चरणमा म्यानचेस्टर सिटीको सामना गर्नेछ।​ 

काराबाओ कप अन्तर्गत नै अन्य खेलमा न्युकासल युनाइटेडले ब्लाकबर्न रोभर्सलाई १–० ले हराएर दोस्रो चरणमा पुगेको छ ।​ वेस्ट ह्यामले चार्ल्टन एथ्लेटिक्सलाई ३–० र एस्टन भिल्लाले बुर्टोनलाई ३–१ ले हराएर दोस्रो चरणको यात्रा तय गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.