चिकित्सक भन्छन् : विषाक्त खानाले बिरामी, हैजाको लक्षण देखियो

|

धनगढी : कैलालीको गोदावरी नगरपालिका–१० मालाखेतीमा श्राद्धको खाना खाएर बिरामी भएका एक युवकको ज्यान गएको छ। २८ गते हजुरबुवाको श्राद्धमा खाना खाएर बिरामी भएका १८ वर्षीय सुरेन्द्र बोहराको उपचारका क्रममा सेती  प्रादेशिक अस्पतालमा मंगलबार राति मृत्यु भएको हो। उनलाई उपचारका लागि हिजो साँझ साढे पाँच बजे अस्पताल ल्याइएको थियो।

उनीसँगै श्राद्धमा खाना खाएका परिवारका थप १८ जना बिरामी परेका छन्। उनीहरूलाई उपचारका सेती अस्पताल र माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ।

जसमध्ये पाँच जनाको अवस्था गम्भीर छ भने एक बालिकालाई आइसियुमा भर्ना गरिएको छ।

विषाक्त खानाका कारण, हैजाको लक्षण

सेती प्रादेशिक अस्पतालका कन्सलट्याण्ट फिजिसियन डा. निराजनदत्त शर्माले अस्पतालमा भर्ना गरिएकाहरुमा विषाक्त खाद्य खाएका कारण हैजाको लक्षण देखिएको बताए। डा. शर्माले श्राद्धको खाएको खीर (प्रसाद) तरकारी, अचार र खानाका कारण झाडापखाला तथा पेटको समस्या देखिएको बताए।

परिवारका सदस्य तथा गोदावरी नगरपालिका–१० का वडा अध्यक्ष रवीन्द्र शाहिले हजुरबुवाको श्राद्धमा खाना खाएका सबै बिरामी परेको बताए। उनले खानेकुरा सबै बजारबाटै ल्याएको जनाए। उनले भने, ‘कुन खानामा विषाक्त पदार्थ थियो भन्ने पत्ता लगाउन सकिएको छैन, सबै जना बेहोस् अवस्थामा छन्।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.