|

काठमाडौं : ग्लेन म्याक्सवेल र अलेक्स क्यारीको उत्कृष्ट साझेदारीमा इङ्ल्याण्डसँगको तीन एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ। 

वल्ड ट्राफोडमा गएराति सम्पन्न खेलमा पाहुना टोली अस्ट्रेलियाले इङ्ल्याण्डलाई ३ विकेटले पराजित गरेको हो। योसँगै अस्ट्रेलियाले सिरिजमा २–१ अंकको जित निकालेको छ। 

इङ्ल्याण्डले दिएको ३ सय ३ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम ओभरमा २ बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गरेको थियो। अस्ट्रेलियाको जितमा एलेक्स क्यारी र ग्लेन म्याक्सवेल दुबै जनाले शतकीय पाली खेले। म्याक्सवेलले ९० बलमा १०८ तथा क्यारीले ११४ बलमा १०६ रन बनाए। क्यारीको पहिलो एक दिवसीय शतक पनि हो। ७३ रन बनाउँदा ५ विकेट गुमाएको अस्ट्रेलियालाई क्यारी र म्याक्सवेलले २१२ रनको साझेदारी गर्दै जित दिलाउन मद्दत गरेका थिए। इङ्ल्याण्डका जोय रुट र क्रिस वार्कसले समान २–२ विकेट लिए। 

टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो। इङ्ल्याण्डका ओपनर जोनी बेयरस्टोले शतकीय पारी खेलेका थिए। उनले १ सय १२ रन बनाए। अस्ट्रेलियाका मिचेल स्टार्स र एडम जाम्पाले ३–३ विकेट लिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.