'गोरखाको भन्दा ठूलो स्केलमा गए भूकम्प मानिन्छ'

|

काठमाडौं : बुधबार बिहानै ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर भूकम्प गयो। २०७२ सालको भूकम्पपछि आएको सबै परकम्पभन्दा यो ठूलो थियो। करिब १० सेकेण्डसम्म गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने यसलाई परकम्प मानेको छ।  

बिहानै गएको भूकम्प धक्काबाट त्रसित मानिसहरु कराउँदै बाहिर निस्केका थिए। लगत्तै सामाजिक सञ्जालमा भूकम्पको धक्काबारे चर्चा हुन थाल्यो। रेक्टर र यसको क्षतिबारे पनि सामाजिक सञ्जालमा निकै हल्लाखल्ला नै भयो। एकैछिनपछि यसको केन्द्रविन्दु र रेक्टर स्केलबारे केही जानकारी सञ्चारमाध्यममा प्रसारण भए पनि आधिकारिक कुनै पनि सूचना सार्वजनिक भएको थिएन।

विभिन्न सञ्चारमाध्यमले समाचार पनि पस्कन थालिसकेका थिए। 'काठमाडौंमा भूकम्पको ठूलो धक्का महसुस' समाचार आए। आखिर त्यतिबेला सम्म कसैले पनि कति रेक्टरको गयो भनेर उल्लेख गरेका थिएनन्।

विभिन्न व्यक्तिले विभिन्न वेभ साइटमा भएका भूकम्पको मापन गरिएका फोटोसहित सामाजिक सञ्जालमा सार्वजनिक गरे। जसमा थियो, युरोपेली संस्था जसले भूकम्पको मापन गर्छ। सिएएइम इएमएसीले ५.५ रेक्टरको भूकम्प नेपाल-चीन सिमाना छिजाङलाई केन्द्रविन्दु बनाएर गएको भन्यो। त्यसपछि फेरि भोटेकोशी, कोदारी र विभिन्न स्थानमा फरक-फरक रेक्टर मानेर भूकम्प गएको पनि सार्वजनिक भयो।  

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको ट्विटर ह्यान्डलमा सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाई ६ रेक्टरको भूकम्प गएको आधिकारिक रुपमा उल्लेख छ। यो भनेको नेपालमा भूकम्पको रेक्टर स्केल मापन गर्ने सबैभन्दा भरपर्दो र आधिकारिक स्रोत थियो। सबैले यसैलाई आधार मानेर समाचार बनाए पनि।

तर यसपटकको भूकम्पको रेक्टर र केन्द्रविन्दुबारे भने निकै अन्योल भयो। केही वर्षयताकै ठूलो भूकम्प भए पनि सबैतिरबाट यसप्रति चासो थियो। भूकम्प मापन गर्ने नेपाललगायत भारत तथा चीनका अधिकांश मापन केन्द्रबाट बुधबार बिहान गएको धक्काको क्षमता बताउनुले यसअघि गएका भूकम्पका रेक्टर पनि आधिकारिक होलान् भन्नेमा आशंका पैदा गरेको छ। 

किन फरक- फरक रेक्टरको भूकम्प गएको सूचना सार्वजनिक भयो? अहिलेसम्म भूकम्प कति रेक्टरको गयो भनेर मापन गर्ने कुनै प्रविधि बन्न सकेको छैन त भनेर प्रश्न चिह्न खडा गर्ने बेला भएको छ।

भूकम्पको तरंग जति- जति टाढा गयो उति फरक म्याग्निच्युड आउने गरेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारी बताउँछन्। भूकम्प गएको ६ सय किलोमिटरमा स्थानको तरंगलाई अध्ययन गर्दा मात्र सही म्याग्नेच्युडको जानकारी आउने उनले बताए।

'५ रेक्टरको भन्दा माथिको भूकम्पको जाँदा संसारभर यसको तरंग पुग्छ,टाढासम्म जाँदा म्याग्नेच्युड परिवर्तन हुन्छ,' अधिकारीले भने, 'टाढासम्म तरंग जाँदा जमिनको तलबाट जान्छ। तरंगको म्याग्नेच्युड परिवर्तन भएको। स्थानीय तरंग सधैं जमिन माथिबाट नजिक जाने भएकोले सही म्याग्नेच्युडको जानकारी पाइएको हो।'

७२ सालमा गएको भूकम्पको सरफेस तरंगलाई अध्ययन गर्दा ८.१ रेक्टरको गएको चीनले बताएको उनले जानकारी दिए। उनका अनुसार ठूलो भूकम्प जाँदा सानो म्याग्नेच्युड र सानो जाँदा ठूलो म्याग्नेच्युडको तरंग जाने गर्छ।

विभिन्न मुलुकले भूकम्पको मापन गर्दा अटोमेटिक म्यानुल म्याग्नेच्युडको तरंगलाई बाहिरबाट अध्ययन गर्ने गर्दा फरक-फरक रेक्टरको भूकम्प गएको जानकारी पाइने अधिकारीले प्रस्ट पारे। पुनः परीक्षण गर्दा फरक स्केलको भूकम्पको गएको जानकारी पाइने उनको भनाइ छ।

सिन्धुपाल्चोकमा गएको भूकम्प हो कि पराकम्प भनेर प्रश्न गर्दा उनी भन्छन्,' पराकम्प नै हो ठूलो भूकम्प गएको क्षेत्रमा केही वर्षसम्म वा भनौं सयौं वर्षसम्म पराकम्प गइरहन्छ। सानो स्केलमा गएकोलाई भूकम्प गएको पराकम्प हो भनेर बुझ्नुपर्छ। गोरखामा गएको भूकम्पभन्दा ठूलो स्केलको जान्थ्यो भने त्यसलाई भूकम्प गएको मान्न सकिन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.