|

गोरखा : गोरखाको शहिदलखन गाउँपालिका-७ काटेगाउँका धनबहादुर श्रेष्ठ र उनकी श्रीमती पोषणकुमारीका ६ सन्तान छन्। ६ सन्तानमध्य तीन जना पूर्ण रुपमा अपाङ्ग  धनबहादुर र पोषणकुमारीले पालैपालो गाउँघरमै मेलापात गरेर साँझ—बिहान परिवारको हातमुख जोडिन्थ्यो।

‘६ सन्तानमध्य दुई छोरीले बिहे गरे। कान्छी छोरी सानै छिन्, बाँकी तीन जना अपांग छन्।

धनबहादुरका श्रीमानश्रीमती भने मेसो मिलाएर एक जना मेलापातमा जान्छन् भने अर्का  अपांगता भएका छोरा—छोरीको हेरचाह, स्याहारसुसार गर्छन्। ज्यालामजदुरी गरेकै पैसाले उनीहरुको जेनतेन बिहानबेलुका चुल्हो बल्छ।

ज्यालामजदुरी गरेर आएको पैसाले मिठोमसिनो खान त परको कुरा धनबहादुरका परिवारलाई हातमुख जोड्न पनि धौ’धौ हुन्थ्यो। मेलापात गरेरै भए पनि धनबहादुरले जेनतेन माटोको कच्ची घर बनाएका थिए।

दुख—सुखमा बनाएको त्यही माटोको घर नै उनीहरुका लागि महल थियो। दुई वटी छोरीको बिहेपछि धनबहादुरका परिवार ६ जना बस्दै आएका  थिए।

भूकम्पले घर भत्काउँदाको त्यो पल…

२०७२ साल बैशाख १२ गते। दिउँसोको करिब १२ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको बिनासकारी भूकम्पले हजारौँ नागरिकले ज्यान गुमाए भने लाखौँ परिवार घरबार विहिन बन्न पुगे।

त्यही लाखौँ परीवार मध्यका एक हो, धनबहादुरको परिवार।

‘सकिनकसी काम गरेको पैसा, खाईनखाई जम्मा गरेर जसोतसो एउटा घर बनाएको थिएँ। २०७२ साल वैशाख १२ गतेको भूकम्पले बस्नै नमिल्ने गरी भत्किाईदियो’, धनबहादुर भन्छन्।

साँझ—विहान हातमुख कसरी जोड्ने भन्ने चिन्ताले कहिल्यै नछाड्ने धनबहादुरका जोडीलाई भूकम्पले फेरि अर्को चिन्ता दिएर गयो।

‘भूकम्पले घर भत्कायो अब न बस्नलाई बास छ न त छोरा छोरी नै सवल छन् फेरि कहाँ बस्ने ? अर्को घर बनाउन हैसियत छैन। के गर्ने? सधैँ यही कुरा मनमा खेलिरहन्थ्यो। अरू कुनै उपाए नभएपछि डर मानीमानी त्यही भत्किएकै घरमा बस्यौँ’ धनबहादुरले भने।

हाम्रालागि वडाध्यक्षज्यू भगवान् हो

गरिबीका कारण धनबहादुरले भूकम्पले भत्काएको आफ्नो घर फेरि ठडाउन सकुँला वा अर्को नयाँ बनाउन सकुँला कहिल्यै सोच्न सकेनन्।

तर, उनको गरीबी र समस्या सोही वडाका वडाध्यक्ष शरण श्रेष्ठले देख्न सकेनन्। अनि वडाध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमार्फत आर्थिक संकलनको अभियान सञ्चालन गरेर धनबहादुरका परिवारका लागि अपांगतामैत्री पक्की घर निर्माण गरिदिए।

‘उहाँको परिवारका तीन सन्तान पूर्ण अपाङ्ग हुनुहुन्छ। घरको आर्थिकस्तर अत्यन्तै दयनीय थियो। भूकम्पले भत्काएको घर पुनर्निर्माण गर्न सक्ने उहाँहरुको अवस्था थिएन। राज्यले दिने ३ लाख रुपैयाँबाट जसोतसो बनाएको घर पनि अपाङ्गतामैत्री हुँदैनथ्यो’, वडाध्यक्ष श्रेष्ठले भने, ‘त्यसैले उहाँहरुलाई अपाङ्गमैत्री घर निर्माण गरेर दिने प्रतिबद्धतासहित अभियान थालेको थिएँ। यस अभियानमा धेरै जनाले धन, मन दिएर हातेमालो गर्नुभयो र आज हामीले गरेका प्रतिबद्धता पूरा भएको छ।’

अहिले धनबहादुरका परिवार ३ कोठा र एक शौचालय रहेको अपांगमैत्री घरमा बस्न थालेका छन्।

‘भूकम्पले घर भत्किएपछि फेरी बनाउन सकुँला कहिल्यै सोचेको थिइनँ। झनै पक्की, यति राम्रो घर कहिल्यै कल्पना गरेको थिइनँ’, धनबहादुर खुसी हुँदै भन्छन्, ‘वडाध्यक्षज्यूले अभियान चलाएर धेरैसँग सहयोग जुटाएर बनाई दिनुभयो। हाम्रो लागि उहाँ नै भगवान् हो।’

घर निर्माणका लागि रणसिहं दल गण गोरखाका ९ जनाले १० दिन कामसम्म सहयोग गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।

हालसालै घर हस्तान्तरण कार्यक्रममा शहिद लखन गाउँपालिकाले उक्त परिवारलाई अपाङ्गता भएकाहरुलाई सहायता सामग्री खरिद गर्न एक लाख रुपैयाँ सहयोग दिएको छ।

धनबहादुुरको घर बनाउने अभियानमा आर्थिक सहयोग संकलनका लागि गाउँपालिका वडा नम्बर ६ का बिष्णुकुमार श्रेष्ठ, वडा नम्बर ८ का अमृत श्रेष्ठ, काशिनाथ अम्गाई, उत्तरकुमार श्रेष्ठ, नवराज अम्गाई, वडा नम्बर ७ का किरण श्रेष्ठ लगायतले विशेष भूमिका खेलेको वडाध्यक्ष श्रेष्ठको बताए।घर निर्माण समितिका अध्यक्ष जितबहादुर गुरुङ अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शहिद लखन गाउँपालिकाका गाउँपालिकाका अध्यक्ष रमेश थापाले  अपांगता भएका परिवारलाई घर हस्तान्तरण गरेका हुन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.