"तक्मे बुढा'लाई पनि तक्मा

|

काठमाडौं : सरकारले संविधान दिवसको अवसरमा कीर्तिमय राष्ट्रदीप (चतुर्थ) कलाकार विल्सन विक्रम राईलाई प्रदान गरेको छ। 

सरकारले सार्वजनिक गरेको सूचीमा उनी पदक योग्य कलाकारका रुपमा अटाएका हुन्। उनीसहित अन्य २३ जना कलाकार र साहित्यकारलाई विभिन्‍न पदकले सम्मान गरिन लागेको हो।

सुप्रबल जनसेवा श्री (तृतीय) बाट साहित्यकार तथा समाजसेवी भद्र कुमारी घले, सर्जक जगतमर्दन थापा, साहित्यकार रामबाबु सुवेदी, कलाकार तथा मूर्तिकार नारदमणि हार्तम्छाली, कलाकार तथा प्राज्ञ निशा पोखरेल (शर्मा) साहित्यकार प्रा बद्री विशाल पोख्रेल, रामभरोष कापडी, संगीतकार बुलुहाङ राई मुकारुङ, लेखक दयालबहादुर शाही, तबलाबादक सरिता मिश्र रहेका छन।

यस्तै, कीर्तिमय राष्ट्रदीप (चतुर्थ)बाट चित्रकार हरि प्रसाद शर्मा, अभिनेता विल्सन विक्रम राई, प्रबल जनसेवा श्री (चतुर्थ) मूर्तिकार यज्ञरत्न बज्राचार्य, संगीतकार सुरेन्द्र गोपाल श्रेष्ठ, कलाकार उत्तम केसि,लोक गायिका देवी माया थापा गुरुङ,संगीतकार नरेन्द्र बहादुर खड्का क्षेत्री, साहित्यकार अनिरुद्र पौडेल अनिल को सूची सार्वजनिक भएको छ। यस्तै, जनसेवा श्री (पंचम) गायक कृष्ण प्रसाद काफ्ले, डिबी टुहुरो साहित्यकार, लक्ष्मण मण्डल चित्रकार, गायिका सरस्वती क्षेत्री रहेका छन।

सरकारले हरेक वर्ष राष्ट्रको गरिमा उच्च राख्ने महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई समान स्वरुप विभिन्‍न पदक दिने गरेको छ। यसपटक नेपाल रत्न पदक भने कलाकार, साहित्यकार कसैलाई दिइएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.