|

काठमाडौं : मुलुकमा कोरोना महामारी छ, अन्न नपाएका पेटहरु भोक-भोकै बस्नुपर्ने बाध्यता छ। कोरोना काल सुरु भएपछि धेरै मानिसले रोजगारी गुमाएका छन त सयौं ज्यान गुमाइसकेका छन्। पेट भरी खान पाएकाहरु र अन्न नभरेका भोको पेटमा यहीँ महामारीमा काठमाडौं सहर र टोल-टोलमा हिँडिरहेका छन्।

मानिसले आफ्नो परिचय संकटमा दिन्छ या त सबैभन्दा बढी खुसीको क्षणमा। लकडाउन सुरु भएदेखि सहरका विभिन्न चोकमा मजदुरहरुले दुई छाक खानको लागि बसिरहेका थिए। तिनै भोका पेटमा आहारा भर्दै मनकारी मनहरू यतिखेर काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भेटिन्छन्। यहीँ समयमा सहरका सुकिला महिलाहरु एक छाक खान धौ-धौ पर्नेहरूलाई खाना खुवाइरहेको सडक र सार्वजनिक स्थलमा भेटिन्छन्।

शनिबार मध्यान्ह बौद्ध गेट अगाडि बसेका मानिसहरुलाई खाना खुवाउँदै गरिएको भेटिइन उनै बिनिशा श्रेष्ठ। उनी लकडाउन सुरु भएदेखि उपत्यकाका विभिन्न स्थानमा गइ खाना खुवाउने काम गरिरहेकी छिन्। उनको तीन जनाको समूहमा सपना र अर्का एक साथी छन्।

लकडाउनको कारण दैनिक काम गरेर खाने मजदुरहरुको रोजगारी गुमेको छ। काम नभएका र २ छाक खान मुस्किल  हुनेहरुको लागि खाना खुवाउने काम गर्न सकिन्छ भन्ने उद्देश्यले सुरु गरेको अभियानमा ६ सय भन्दा बढीलाई खाना खुवाइसकेको उनी बताउँछिन्। सालको लिफ नामक संस्थाबाट सडक र चोकमा खाना खान नपाएर बसेकालाई खुवाउने काम गरिरहेको उनले बताइन्।

उनी सुरुवाती को चरणमा साथीहरुले खाना खुवाउने कार्यक्रमा सहभागी भएको थिइन्। अरुले खाना खुवाइरहेको देख्दा यो राम्रो काम हो भनी हामी आफै किन नगर्ने भनी शाक्य आफै अग्रसर भएर सार्वजनिक स्थानमा गइ खाना खुवाउने कर्ममा अग्रसर भइन्।

स्वयम्भू, बानेश्वर, पाटन, मंगल बजार र ललितपुर महानगरपालिकाको १६ र ११ वडाका विभिन्न स्थानमा रहेका मानिसहरुलाई खाना खुवाइरहेका छन्।  दैनिक २ बोरा चामल र विभिन्न तरकारी पकाउन २ देखि ३ घण्टाको समय लाग्ने गरको उनले बताइन्।

'सुरु-सुरुमा आफ्नै लगानी गरेर खाना खुवाउने काम गरेको थियौं। पछि बिस्तारै आफन्त तथा साथीहरुले सहयोग गरेर खाना खुवाइरहेको छौ,' श्रेष्ठले भनिन,' बिहानै बजार गएर किनमेल गरी समूहमा मिलेर खाना बनाउने काम गर्छौ। घरमा बनाएर भोकाएका पेटलाई खाना खुवाउने काम गरिरहेका छौ। बाहिर किनेको खुवाउनु भन्दा घरको खाना स्वस्थ्य हुने भएकोले घरको खानालाई प्राथमिकतामा राखेको छौ।'

सडकमा बस्ने र आवास नभएकाले भोकै बस्नु नपरोस् भनेर यस्तो अभियान चलाइरहेको उनले सुनाइन्। 'हामी हुनेले खान्छौ नहुनेको लागि त अझै २ छाक खानलाई समस्या भइरहेको छ,'  उनले भनिन,' खुवाएर र दिएर कहिले सकिदैँन भनेर खाना खुवाउने अभियान चलाएका छौ। हुनेले त खान्छौ नहुनेले कहाँबाट ल्याएर खान्छन, नहुनेलाई पो खुवाउन सक्नु पो सेवा हो।'

'राम्रो काममा सबैले सहयोग गर्छन्'

अहिलेसम्म खाना खुवाउँदा नगद ८० हजार खर्च भइसकेको छ। हुनेले चामल र तरकारी दिएर सहयोग गरिरहेका छन्। राम्रो काम गर्दा सबैले सहयोग गर्ने उनको अनुभव छ। श्रेष्ठ भन्छिन्,' हामी महिला उद्यमी पनि हौं। काम गरिरहेका मानिसले केही समय काम भोकै बसेका मानिसलाई खाना खुवाउँदा हामी सकिन्नौ, सक्नेले सेवा गरौ नसक्ने साथ र सहयोग गरौ।'

लकडाउन र निषेधाज्ञा सकिएपनि कोरोना महामारी सकिएको छैन। सडक र सार्वजनिक स्थानमा दुई छाक खान नपाएर कसैले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्य का साथ यो अभियान सञ्चालन गरेको उनी सुनाउँछिन्। केही दिनसम्म खाना खुवाउने काम निरन्तर जारी रहने उनले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.