|

धनगढी : बझाङमा एम्बुलेन्स दुर्घटना हुँदा एक कोरोना संक्रमित गम्भीर घाइते भएका छन्। 

जयपृथ्वी नगरपालिकाको एम्बुलेन्स बित्थडचिर गाउपालिका-७ को धरान भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनामा गाउँपालिका-७ का ३७ वर्षीया पुरुष गम्भीर घाइते भएका हुन्।  

भारतबाट आएर क्वारेन्टाइनमा बसेका ती व्यक्तिमा कोरोना पुष्टि भएपछि आइसोलेसनका लागि जिल्ला अस्पताल चैनपुर लैजाने क्रममा एम्बुलेन्स दुर्घटना भएको वडाध्यक्ष प्रसाद बहादुर विष्टले जानकारी दिए। एम्बुलेन्स चालकलाई भने केही नभएको उनले बताए। 

उनलाई रायल प्राथमिक स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याउने तयारी गरिएको छ। दुर्घटनाको कारण भने नखुलेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.