विराटनगर : मोरङ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य सांसद अमनलाल मोदीलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश प्रयोगशालमा गरिएको पिसिआर परीक्षणमा उहाँमा कोरोना पुष्टि भएको हो।
आज नै कोसी अस्पतालमा सांसद मोदीको स्वाब संकलन गरिएको थियो। सामान्य ज्वारो आएपछि स्वाब दिएकोमा कोरोना संक्रमण देखिएको सांसद मोदीले बताए।उनी अहिले आफ्नै घरमा रहेकाले कोसी कोभिड अस्पताल आउने तयारी गरिरहेको जानकारी दिएका छन्।
सांसद मोदी केही दिनयता मोरडमै छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।