|

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै धेरैले फेरि विद्युत कटौती (लोड सेडिङ) हुने आशंका गरिरहेका छन्‌। तर, पूर्व सूचना नै नदिई बिजुली गए अब सिधै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको सचिवालयमा फोन गरी गुनासो राख्न सकिने भएको छ।

ऊर्जामन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले विद्युत सेवा नियमित नभएको अवस्थामा मन्त्री पुनको सचिवालय या नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न सकिने जानकारी दिएका छन्। अब बिजुली गए मन्त्रीको सचिवालयमा रहेको हटलाइन नम्बर ११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सकिनेछ।

सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा बिजुली काटिएको थियो। 

११ केभी प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सफर्मरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्वसूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेपनि सर्वसाधारणले फेरि लोडसेडिङ शुरू भएको भन्दै सरकारको आलोचना गरेका थिए। तर, सडक विस्तारका क्रममा लाइन काटिएको भट्टले उल्लेख गरेका छन्।​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.