बिनाअक्सिजन १० पटक चढेका थिए सगरमाथा

|

काठमाडौं : विख्यात हिमआरोही आङरिता शेर्पाको निधन भएको छ। 'हिउँ चितुवा' उपनामले चर्चित आङरिताको ७२ वर्षको उमेरमा सोमबार बिहान १० बजे जोरपाटीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

आङरिता शेर्पा नेपालका विख्यात पर्वतारोही हुन्। उनको जन्म सोलुखुम्बुको थामेमा भएको थियो। उनले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए उनले बिनाअक्सिजन १० पटकसम्म सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए। यही कारण उनलाई 'हिउँ चितुवा' उपनाम दिइएको थियो। 

पर्वतारोही शेर्पा लामो समयदेखि बिरामी थिए। उनी तीन वर्षअघिदेखि बिरामी परेर थलिएका थिए। 

१० पटक अक्सिजनबिनै सगरमाथा आरोहण गर्ने शेर्पालाई तत्कालीन राजा वीरेन्द्र र त्यस बेलाको सरकारले थप स्वास्थ्य खराब हुने भन्दै पर्वतारोहणमा नजान सुझाव दिएपछि विश्राम लिएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.