|
फाइल तस्बिर

भद्रपुर (झापा) : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले झापाका स्थानीय तहलाई कोरोना भाइरस रोकथामका लागि भएको हिसाब सार्वजनिक गर्न माग गरेको छ।

झापाका १५ वटा स्थानीय तहलाई तीन दिनभित्र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नाममा खर्च गरिएको हिसाब सार्वजनिक गर्न माग गरेको छ। कोरोना नियन्त्रणका नाममा स्थानीय तहले चरम भ्रष्टाचार गरेको तथा करोडौँ रुपैयाँ बराबरको हिसाबकिताबमा अनियमितता गरेको विप्लप समूहको आरोप छ। 

आइतबार झापा जिल्ला सेक्रेटरी श्रीजंगद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबै स्थानीय तह तथा निजी क्षेत्रमा भ्रष्टाचार र बेतिथि बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्तै, निजी तथा सामुदायिक शिक्षण संस्थाले अभिभावकलाई शुल्क तिर्न ताकेता गरेकोप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्तो कार्य तुरुन्त बन्द गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘निजी शिक्षण संस्थालाई सरकारी लुटेरा जनप्रतिनिधिहरुले साथ दिएर जनताको ढाड सेक्ने काम गर्न खोजिएको छ यो तुरुन्त बन्द गरियोस्।’ यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले मध्यम वर्गीय गुजारामुखी व्यवसायीलाई किस्ता र ब्याजको ताकेता गरेर समस्या पैदा गरेको भन्दै उक्त कार्य तत्काल बन्द गर्न पनि आग्रह गरेको छ। 

यदि पार्टीको उक्त मागप्रति गम्भीर नभई र जनताको हितमा काम नगरे कडा जनकारबाही गर्ने चेतावनी समेत दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.