चर्को आलोचना

|

डडेल्धुरा : १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को दोस्रो खेल एकदम रोमाञ्चक रह्यो। दिल्ली क्यापिटल्स र किंग्स इलेवन पञ्‍जाबबीचको खेल बराबरी भयो। दुबै टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५७ रन बनाए। 

त्यसपछि सुपर ओभरबाटमा निर्णय लिइयो। जसमा दिल्ली विजयी भयो। यद्यपि, यदि अम्पायर नितिन मेननले गल्ती नगरेको भए खेल सुपर ओभरमा जाने थिएन र पञ्‍जाबले जित हासिल गर्ने थियो।

वास्तवमा, नितिन मेननले पञ्‍जाबको दुई रनलाई सर्ट रनको रूपमा १ रन दिए। तर, त्यो सर्ट रन थिएन। पूर्व भारतीय क्रिकेटर वीरेन्दर सहवाग अम्पायरको निर्णयबाट सन्तुष्ट छैनन्। सहवागले अम्पायरप्रति ब्यङ्ग्य गर्दै उनलाई ‘म्यान अफ दि म्याच’ दिइनुपर्ने बताए।

कहाँ चुके अम्पायर नितिन ?

पञ्‍जाबले दिल्लीबाट १५८ रनको लक्ष्य पाएको थियो। अन्तिम १० बलमा उसलाई जितका लागि २१ रन चाहियो। मयंक अग्रवाल एकदम राम्रो ब्याटिङ गर्दै पञ्‍जाबलाई विजयतर्फ धकेल्दै थिए।  अर्को छेउमा इंग्ल्यान्डका क्रिस जोर्डन थिए।

कागिसो रबाडा १९औं ओभरमा दिल्लीका लागि बलिङ गर्न आए। मयंकले उनको दोस्रो बलमा शानदार चार रन हिर्काए। अर्को बलमा उनले दुई रन बनाए। तर, यसलाई अम्पायर नितिन मेननले सर्ट रनको संकेत दिए।

नितिनका अनुसार जोर्डनले पहिलो रन पूरा गर्दा ब्याट क्रिजभित्र राखेनन्। यसकारण पञ्‍जाबले केवल एक रन पायो, तर टिभी रिप्लेमा यो स्पष्ट देखिन्छ कि जोर्डनले क्रीजभित्र ब्याट राखेका थिए।

पञ्‍जाबले २ रन पाउनु पर्दथ्यो। तर, अम्पायरको गलत निर्णयका कारण पञ्‍जाबले एक रन मात्रै पायो। नतिजा स्वरूप खेल बराबरी भयो र पञ्‍जाब सुपर ओभरमा हार्‍यो।

निर्णयप्रति आपत्ति

पूर्व भारतीय क्रिकेटर वीरेन्दर सहवाग र आकाश चोपडाले अम्पायर नितिन मेननको निर्णयप्रति आपत्ति जनाएका छन्। सहवागले ट्वीटमा लेखेका छन्, ‘म्यान अफ द म्याचको छनौटसँग म सहमत छैन। सर्ट रन दिएका अम्पायरलाई ‘म्यान अफ द म्याच’ हुनुपर्दछ। यो सर्ट रन थिएन र त्यसले भिन्नता ल्यायो।’

चोपडा र दिल्ली डेयरडेभिल्सका पूर्व प्रशिक्षक ट्रेन्ट वुडहिलले पिचको आलोचना पनि गरेका छन्। ‘किन प्राविधिक प्रयोग भएको थिएन? चोपडाले ट्वीटमा लेखेको छन्, ‘सर्ट रन थिएन। टेक्नोलोजी त्यस्तो अवस्थामा प्रयोग गर्नुपर्दछ।’

सुपर ओभरमा रोमाञ्चक जित 

आइपीएलमा दिल्लीले विजयी शुरूवात गरेको छ। गएराति भएको खेलमा दिल्लीले पञ्‍जाबविरुद्ध सुपर ओभरमा रोमाञ्चक जित दर्ता गर्‍यो।

निर्धारित २० ओभरको खेलमा दुवै टिमको रन बराबर भएपछि खेलको निर्णय सुपर ओभरबाट लिइएको हो। सुपर ओभरमा पहिला ब्याटिङ गरेको पञ्‍जाबले दुई विकेट गुमाएर मात्रै २ रन बनायो। जवाफी ब्याटिङमा गएको दिल्लीले पहिलो बलमा वाइडमार्फत् एक रन जोड्यो। दोस्रो बलमा ऋषभ पन्तले २ रन जोड्दै दिल्लीलाई रोमाञ्चक जित दिलाए। 

यसअघि पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। उसका लागि मार्कस स्टोइनिसले २१ बलमा सर्वाधिक ५३ रनको योगदान गरे। 

जवाफी ब्याटिङमा आएको पञ्‍जाबले पनि पूरा २० ओभर खेल्दै समान ८ विकेट नै गुमाएर १५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो। पञ्‍जाबका मयंक अग्रवालले सर्वाधिक ८९ रन जोडेका थिए।

आइपीएलको तेस्रो खेलमा सोमबार आज रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र सनराइजर्स हैदरावाद खेल्दै छन्। दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हैदराबाद र बैंगलोर आफ्नो पहिलो खेलका लागि मैदान उत्रने छन्।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि शुरू हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.