|

काठमाडौं : सिद्धार्थ हस्पिटालिटीले आफ्नो सेवा मोबाइल एपबाट उपलब्ध गराउन सुरु गरेको छ। सिद्धार्थले काठमाडौंदेखि पश्चिम महेन्द्रनगर र पूर्व बिर्तामोडसम्म देशका विभिन्न २४ स्थानमा शाखा सञ्चालन गर्दै आएको छ।

उक्त एप मोबाइलको प्ले स्टोर तथा एप स्टोरमा गई सिद्धार्थ सर्भिस टाइप गरी डाउनलोड गर्न सकिनेछ। एपबाट खानाका विभिन्न परिकार अर्डर गर्नेदेखि होटलका कोठाहरू बुक गर्न र अनलाइनबाटै बिलको पैसा तिर्न सकिनेछ। 

विदेशमा बस्नेले नेपालमा रहेका परिवार, आफन्त र साथीहरुलाई विभिन्न अवसरमा यो सेवा प्रयोग गरी विभिन्न उपहारहरू दिन सक्नेछन्। उक्त सेवा प्रयोग गरे वापत खल्ती, इ(सेवा, भिसा र मास्टर कार्डको प्रयोग गरी स्वदेश तथा विदेशबाट भुक्तानी गर्न सकिनेछ।

सिद्धार्थले आफ्ना नियमित ग्राहकलाई आफ्नो सदस्यता उपलब्ध गराउँदै आएको छ । हालसम्म दश हजार बढी ग्राहकले यो सेवा प्रयोग गर्दै आएका छन्।

जसलाई सिल्भर, गोल्ड र प्लाटिनम मेम्बर गरी ३ प्रकारमा विभाजन गरिएको छ। कम्पनीले विभिन्न समयमा विभिन्न अफर, डिस्काउन्ट प्याकेज र स्किम पनि ल्याउने गरेको छ। आफूले तिरेको रकमबाट बोनससमेत उपलब्ध गराउँदै आएको छ। 

उक्त सुबिधा लिन चाहनेका लागि एम बाटै फारम भरी सित्तैमा सदस्यता लिन सकिने ब्यवस्था उपलब्ध गरिएको छ। सदस्य नभएकाहरुले पनि एममा कन्टिन्यु एज गेस्टमा क्लिक गरी सेवा प्रयोग गर्न सकिनेछ।

उक्त एपमार्फत अर्डर गर्दा हाललाई १५ प्रतिशत छुट दिइएको कम्पनीले जनाएको छ। यसका साथै पाँच सयभन्दा माथिको अर्डरमा हरेक शाखाबाट ३ किमीसम्म फ्रि डेलिभरी गरिने जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.