|

काठमाडौं : चैत ११ गतेको लकडाउनसँगै रोकिएको आन्तरिक उडान सोमबारबाट सुरु भएको छ। आन्तरिक उडान सुरु भएकै दिन यात्रुको चाप त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा देखिएको छ।

आवश्यक स्वास्थ्य सुरक्षासहित आन्तरिक विमान कम्पनीहरुले यात्रु ओसार्न थालेका हुन्। दशैँ तिहार जस्ता ठूला चाड नजिकिएसँगै जहाजबाट मानिसहरुले काठमाडौं छाड्न थालेका हुन्। 

सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगमले पहाडसहित तराईका जिल्लामा पनि उडान थालेको छ। त्यस्तै यति र बुद्धसहितका एयरलाइन्सले पनि धमाधम यात्रु ओसार्न थालेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.