आफ्ना कार्यकर्ता कुटिँदा पनि प्रहरीले दोषीलाई उन्मुक्ति दिन खोजेको कांग्रेसको दाबी

|

गुल्मी : गुल्मीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। रेसुंगा नगरपालिका १२ को रानीपोखरी निमाविको विषयलाई लिएर झडप भएको हो। केही दिनअघि रानीपोखरी निमाविको भवन निर्माणका विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच विवाद चर्किएको थियो। 

विवादकै क्रममा नेकपाका कार्यकर्ताले आफ्ना मान्छेहरु कुटपिट गरेर घाइते बनाएको कांग्रेसको दाबी छ। नेकपाले पनि आफ्ना कार्यंकर्तामाथि पनि कुटपिट भएको बताउँदै आएको छ। 

सोमबार आफ्ना कार्यकर्तालाई कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि नेकपा कार्यकर्ताले विरोध प्रदर्शन गरेका र एक्कासि प्रशासन कार्यालयभित्र कांग्रेस नेता कार्यकर्ता पस्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको थियो। 

झडपमा कांग्रेस जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ र नेता पूर्णबहादुुर केसी घाइते भएका कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तका अनुसार  झडपमा  प्रहरी निरीक्षक राजकुमार रावलसहित चार जना पनि घाइते भएका छन्। 

नेपाली कांग्रेसका सभापति भुवन प्रसाद श्रेष्ठले प्रहरी र प्रशासनले सत्ताको आडमा घटनामा संलग्नलाई उन्मुक्ति दिइरहेको आरोप लगाए। उनले सोमबार साँझसम्म कांग्रेस कार्यकर्ता कुटपिट गर्नेलाई पक्राउ नगरे चरणबद्ध आन्दोलन गरिने बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.