|

काठमाडौं : नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन्।

कोरोना संक्रमण भएर स्टार अस्पतालमा उपचाररत लामाले एक भिडियो सन्देशमार्फत उनले कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन्। उनले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै उनले आफू चाँडै निको भएर विदेशमा रहेका नेपालीलाई फर्काउने र राष्ट्रप्रति समर्पित हुने बताएका छन्। 

क्याप्टेन लामाले  आफू स्वस्थ्य भइरहेकाे र रोग जसलाई पनि लाग्न सक्ने भन्दै कोरोना लाग्दैमा नआत्तिन पनि भनेका छन्।  उनले आफू स्वस्थ्य हुनुमा अस्पतालका सम्पूर्ण टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद पनि दिएका छन्।

भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.