|

काठमाडौं : रसुवा नाकामा नेपाली व्यवसायीको सामान अलपत्र परेकाले ठूलो नोक्सान भएको पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा. बाबुराम भट्टराईले बताएका छन्। मंगलबार राष्ट्रिय व्यावसायी महासंघका प्रतिनिधिले उनलाई भेटेर ज्ञापन पत्र बुझाएका थिए।

सामाजिक सञ्जाल ट्वीटरमा भट्टराइले भनेका छन,' व्यवसायीहरु हारगुहार गर्दै यत्रतत्र कुदिरहेका छन्। सरकार किन कानमा तेल हालेर बसेका छन्।'

 

 


छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितको कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र परेको उनको भनाइ छ। उनका अनुसार चाडबाडका मुखमा ठूलो असुविधा र नोक्सान भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.