|

काठमाडौं : मोरङमा सामाजिक दूरी कायम गरी विद्यालय खुल्न थालेका छन्।  केराबारीमा बुद्ध माध्यमिक विद्यालयले सामाजिक दूरी कायम गरी पठनपाठन सुरु गरेको हो।  न्यूनतम संख्यामा विद्यार्थी सहभागी गराइ विद्यालय सञ्चालन गरिएको छ।

कक्षाका विद्यार्थीलाई दुई वटा कोठामा राखी पढाउन थालिएको बुद्ध माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भुपालमान कार्की बताउँछन्। 'विद्यालयको मुख्य प्रवेश द्वारमा स्यानिटाइजर राखिएको छ,' उनले भने,' सबैले मास्कको प्रयोग गरेका छन्। फेस सिल पनि लगाउने गरेका छन्।'

कक्षा तीनदेखि दशसम्मको विद्यार्थी पठनपाठनको लागि जान थालेका छन्। एउटा कक्षाको विद्यार्थी सातामा दुई पटक आउने गरेका छन्। दुई दिन आएर पाँच दिनको गृहकार्य लिएर जाने गरेको उनले जानकारी दिए। उनकाअनुसार एक र दुई कक्षाका बालबालिकालाई विभिन्न टोलमा गएर बाल विकासका शिक्षिका हरुले पढाउने गरेका छन्।

विद्यालयमा कुल विद्यार्थीको संख्या ४ सय ५० रहेका छन्। धेरै विद्यार्थीलाई नियमित पढाइ सञ्चालन भएको जानकारी नपाएका ले पनि विद्यार्थीको कम संख्या उपस्थित भइरहेको उनले बताए। नियमित पठनपाठनको लागि निश्चित दैनिक तालिका बनाएपछि कक्षा सञ्चालन गर्न सहज हुने उनले प्रस्ट पारे।

विद्यार्थीको लामो समयसम्म पढन नपाउँदा बाहिर अनावश्यक क्रियाकलापमा सहभागी हुन थालेकोले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको उनले जानकारी दिए। 'खोलामा माछा मारेको भेटिने, पढन बिर्से ला जस्तो भइसकेकाले पनि अभिभावक र सम्पूर्ण शिक्षकसँग सल्लाह गरी विद्यालय सञ्चालन गरेका हौ,' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.