|
फाइल फोटो

बागलुङ : वर्षासँगै ठुलो पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड अवरुद्ध भएको छ। बडिगाड गाउँपालिकाको राक्सेमा सडक माथिदेखि पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो।

पहिरोले खर्वाङदेखि न्वारासम्मको सडक अवरुद्ध भएको बडिगाड गाउँपालिका-२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए। गाउँपालिका र मध्यपहाडी लोकमार्ग आयोजनाले मंगलवार बिहानैदेखि पहिरो पन्छाउने प्रयास थालेको छ।

लोकमार्ग अवरुद्ध हुँदा सयौं सवारी सडकमै रोकिएको शेरचनले बताए। जिल्लाको ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा सडक सम्पर्क टुटेको छ। 

सोमबार साँझ खसेको पहिरोले सोही ठाउँका स्थानीय वीरबहादुर घर्ती, धनबहादुर थापा, दुर्गा अर्याल, जितबहादुर विक र गोविन्द अधिकारीको घरमा क्षति पुगेपछि उनीहरू विस्थापित भएका हुन्। विस्थापितलाई आफन्तको घरमा राखिएको शेरचनले बताए। 

पहिरोका कारण बडिगाड गाउँपालिकाका ठाउँ-ठाउँमा खेती बालीमा समेत ठूलो क्षति पुगेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.