|

इंग्लिस प्रिमियर लीग फूटबलमा म्यानचेष्टर सिटी र एष्टन भिल्लाले विजयी शुरुवात गरेका छन्।

उल्फ्सलाई ३–१ गोलले हराउँदै सिटीले लीगमा शानदार शुरुवात गरेको हो। अवे मैदानमा भएको खेलमा सिटीका लागि केविन डी ब्रुनी, फिल फोडिन र गेबरियल जिसस गोल गरेका थिए।

उल्फ्सका लागि राउल जिमिनेज एक गोल फर्काए। २० औं मिनेटमा पाएको पेनाल्टीलाई ब्रुनीले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाए । ३२ औं मिनेटमा फोडिनले गोल थप्दै सिटीको अग्रता दोब्बर पारे।

उल्फ्सका लागि ७८ औं मिनेटमा जिमिनेजले एक गोल फर्काए। त्यसपछि इञ्जुरी समयको पाँचौं मिनेटमा जिससले गोल गरेपछि सिटी ३–१ ले विजयी भएको हो।

गएराति नै सम्पन्न अर्को खेलमा एष्टन भिल्लाले सेफिल्ड युनाइटेडलाई १० गोलले पराजित गरेको छ । भिल्लाको जितमा ६३ औं मिनेटमा इरी कोन्साले गरेको गोल नै निर्णायक बन्यो 

सेफिल्डका जोन इगनले खेलको १२औं मिनेटमा रातो कार्ड पाएका थिए । सेफिल्डको यो लगातार दोस्रो हार हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.