|

काठमाडौं : सरकारले यही असोज २४ गते हुने भनिएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोकिदिएको छ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्‍को बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय लिएको एकजना मन्त्रीले जानकारी दिएका छन्। 

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। प्रमुख निर्वाचन अधिकृतको कार्यालयले कार्यतालिका सार्वजनिक गरेको हो।

आधिकारिक ट्रेड युनियनले निर्वाचनका लागि असोज १ देखि निर्वाचन आचारसंहिता लागू गरिसकेका थिए। निर्वाचन कार्यक्रम तय गर्न कानुन र संघीय मामिला मन्त्रालयमा राय माग गरिएको थियो। दुवै मन्त्रालयबाट कुनै प्रतिक्रिया नआएपछि निर्वाचन कार्यालयले आफैं कार्यक्रम बनाएर सार्वजनिक गरेको थियो

निर्वाचन आचारसंहिता लागू भएपछि मतदाता हुन योग्यता पुगेका कुनै पनि कर्मचारीको सरुवा गर्न नपाइने नियम छ। सरुवा गरिसके पनि रवाना गराउन नपाइने नियम थियो।

ट्रेड युनियन निर्वाचन संचालनका लागि मतदाता नामावली संकलन पनि थालिएको थियो। कार्यालयले निर्वाचन सम्पन्‍न नभएसम्मलाई निजामती सेवा ऐन, २०४९ को दफा ५३ २ (क) र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनसम्बन्धी विनियमावली, २०६९ को विनियम १० (१) बमोजिमका मतदाता हुने कर्मचारीको सरुवा, काज सरुवा लगायतका कार्य नगर्न,न गराउन र सरुवा भइसकेको भए रमाना नगर्न, नगराउन पत्रचार पनि गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.