|

मकवानपुर : मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ देउराली नजिकै पहिरोले एउटा स्कोर्पियो पुरिँदा चालकको मृत्यु भएको छ। 

काठमाडौं–कुलेखानी–हेटौंडा सडक खण्डअन्तर्गत काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कोर्पियो पहिरोमा पुरिएको हो।  ठूलठूला ढुंगा खसेर पुरेपछि स्कोर्पियोका चालकको घटनास्थलमै मृत्यु भएको र गाडीमा अरु यात्रु नरहेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए। 

पहिरोले एउटा मोटरसाइकल पनि पुरेको र त्यसमा सवार दुई जनालाई घाइते अवस्थामा उद्दार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.