|

बागलुङ : अबिरल वर्षापछि गोठ भत्केर काठेखोला गाउँपालिका-२ भीमापोखरामा बेपत्ता भएका पुरुषको शव फेला परेको छ।

बुधबार साँझ गोठमाथिबाट आएको पहिरोले भीमापोखराको बाँसबोटका ५४ वर्षीय टेकबहादुर खातीलाई बेपत्ता बनाएको थियो।

बिहीबार बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले पहिरो पन्छाएर खोजी गर्दा उहाँको शव फेला परेको प्रहरी निरीक्षक दिपक रेग्मीले बताए ।

ढुंगामाटोको गोठ अचानक बुधवार साँझ भत्केको हो। गोठ भत्केको  थाहा पाएपछि अक्षेतेस्थित प्रहरी चौकीका सहायक निरिक्षक बिनय रेग्मीको नेतृत्व टोली बुधबार साँझ नै घटनास्थल पुगेको थियो।

बिहीवार जिल्लाको उद्धार टोली पुगेपछि मात्रै खातीको शव फेला परेको हो। गोठमा एक भैसी सहित अन्य चौपाया पनि मरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.