|

तनहुँ :  कोरोना संक्रमणबाट आँबुखैरेनी गाउँपालिका-३ का ३९ वर्षीय युवाको ज्यान गएको छ। चितवन मेडिकल कलेजमा उपचार क्रममा उनको ज्यान गएको अस्पतालले जनाएको छ। 

उपचार गराइरहेका ती पुरुषको बिहीबार १२ : ५५ बजेको ज्यान गएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए।

गत भदौ २९ गते डायलाइसिसका लागि मेडिकल कलेजमा भर्ना भएका युवामा ३१ गते संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको सघन कक्षमा राखी उनको उपचार भइरहेको थियो। 

यससँगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेका संख्या पाँच पुगेको छ। व्यास नगरपालिका–१ र २ नम्बर वडा, म्याग्दे गाउँपालिका–४ र आँबुखैरेनी गाउँपालिका–४ का एक-एक जनाले पोखरा र काठमाडौंमा उपचारको क्रममा ज्यान गुमाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.