|

अर्घाखाँची : कपिलवस्तुको वाणगंगा नगरपालिका-७ कोइली नदीमा बेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ।

योसँगै मृत्यु हुनेको संख्या २ पुगेको छ।बिहीबार बिहानैबाट बेपत्ताहरुको खोेजीमा रहेका इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुष जोशीका अनुसार अर्घाखाँची शितगंगा १३ सिमलपानीका ६२ वर्षीय केशव भाट क्षत्रीको  शव फेला परेको हो।

वडा नम्बर ६ सुठौलीस्थित नदी किनारमा घटनास्थलभन्दा ६ किलोमिटर तल क्षत्रीको शव फेला परेको जोसीले जानकारी दिए। बिहीबार मध्याह्न साढे १२ बजेतिर क्षत्रीको शव घाँसमा अल्झिएको र घोप्टो परेको अवस्थामा भेटिएको उनले जानकारी दिए। 

विद्युत् वितरण केन्द्र गजहेडा शाखामा कार्यरत कार्यालय प्रमुख अर्घाखाँची शितगंगा ३ साहुटोला स्थायी घर भई हाल बाणगंगा ४ बस्दै आएका कृष्ण प्रसाद पौडेल अझै फेला परेका छैनन्।

निरन्तर पानी परिरहेका कारण नदीमा पानीको वहाब नघटेकाले खोजीमा समस्या भइरहेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए।

दुर्घटनामा हाम फालेर कपिलवस्तु बाणगंगा ८ चप्परगाउँ निवासी कोपिला अधिकारी, बाणगंगा ८ का विजय पोख्रेल र वाणगंगा ४ का फर्सुराम चौधरी बाँच्न सफल भएका छन्।

कजवे खोलाले पजेरो जिप पल्टाउन थालेपछि उनीहरू झ्यालबाट हाम फालेर बाच्न सफल भएका थिए। हाम फालेर बाच्न सफल भएका मध्ये दुई जनाले गाडीमा चढेर खोला तर्न लिफ्ट मागेका थिए।

भलवाडबाट बनगाई आउने क्रममा कजवेमा बुधबार बा१च १०८९ नम्बरको पजेरो जिप बगाउँदा ३ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये गुल्मी रेसुंगा नगरपालिका ५ का  ३५ वर्षीय जिप चालक माधव प्रसाद पाण्डेको शव बुधबार साँझ फेला परेको थियो अहिले पनि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका जवान उद्धारमा खटिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.