|

डडेल्धुरा : युएईमा जारी आइपिएल २०२० को छैठौँ म्याचमा किंग्स इलावेन पञ्जाबविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोरले टस जितेर बलिङ रोजेको छ। यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुँदैछ।

जारी सिजनको आफ्नो पहिलो खेलमा पञ्जाबले दिल्ली क्यापिटल्सविरुद्ध ‘सुपर ओभर’मा हारको सामना गरेको छ। आरसीबीले भने सनराइजर्स हैदरावादलाई हराउँदै सिजनको सुखत सुरुवात गरेको छ। पञ्जाब विरुद्धको पछिल्ला पाँच म्याचमा आरसीबीले चार खेलमा जित हासिल गरेको छ।
यो पटक पनि आरसीबीको नेतृत्व विराट कोहलीले गर्दैछन्। पञ्जाबमा भने आइपिएल २०२० मा कप्तान परिवर्तन भएका छन्। यो संस्करणमा पञ्जाबको नेतृत्व केएल राहुलले गर्दै छन्।

आजको खेलमा पञ्जाबले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ। उसले क्रिस जोर्डन र कृष्णप्पा गौतमको स्थानमा जिमी नीशम र मुर्गन आश्विानलाई मौका दिएको छ।

आज पनि पञ्जाबबाट आइपिएल खेलिरहेका क्रिस गेलले प्लेइङ ११ मा मौका पाउन सकेनन्। उनी पहिलो खेलमा पनि प्लेइङ सेटमा अटाएका थिएनन्।

आरसीबीको प्लेइङ ११

देवदत्त पाडकल, आरोन फिन्च, विराट कोहली (कप्तान), एबी डिभिलियर्स, जोश फिलिप (विकेटकिपर), शिवम दुबे, वासिङटन सुन्दर, डेल स्टेन, उमेश यादव, नवदीप सैनी र युजवेन्द्र चहल। 

पञ्जाबको प्लेइङ ११

केएल राहुल (कप्तान), मयंक अग्रवाल, करुण नायर, निकोल पूरन, ग्लेन म्याक्सवेल, सरफराज खान, मुर्गन आश्विन, जिमी नीशम, रवि विश्नोई, मोहम्मद शामी र सेल्डन कोट्रेल।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.