|

कपिलवस्तु : बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत कपिलवस्तुकी ७५ वर्षीय महिलाको मृत्यु भएको छ। वाणगंगा ११ स्थित पचेहेरा बनगाईकी महिलाको बेलुका ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

असोज ५ गते अस्पतालमा भर्ना भएकी मृतकमा दमको समस्या थियो। उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो। आज बिहान कपिलवस्तुको बुद्धभूमि-६ महुवाका कोरोना संक्रमितको मृत्यु भएको थियो। योसँगै कपिलवस्तुमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

यस्तै दाङमा पनि थप एक कोरोना संक्रमितको आज निधन भएको छ। तुलसीपुर उपमहानगरपालिका–१० गौरीगाउँ निवासी ३९ वर्षीय एक युवकको काठमाडौंमा उपचार क्रममा मृत्यु भएको हो। तुलसीपुरमा कोरोनाबाट पहिलो निधन भएको हो। दाङमा मात्र कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ। 

देशभर भने पछिल्लो २४ घण्टामा (यो समाचार तयार पार्दासम्म) मृत्यु हुनेको संख्या १८ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.