|

डडेल्धुरा : इपिएल २०२० को जारी किंग्स ११ पन्जाबविरुद्धको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर​(आरसिबी) ले खराब सुरुवात गरेको छ।

खेलको पहिलो ओभरमै विकेट गुमाएको आरसिबीले ११ रन बनाउँदा ३ विकेट गुमाइसकेको छ।  कप्तान विराट कोहली सस्तैमा आउट भएका छन्। आज उनी १ रन बनाएर क्याच आउट भएका हुन्। देवदत्त पडिकल मात्र २ बलमा एक रन बनाएर आउट भएका हुन्। त्यस्तै अर्का ओपनर जोस फिलिपे त खाता नै नखोली ३ बल खेल्दै आउट भएका छन्।  

विराटलाई २.४ ओभरमा सेल्डन कोट्रेलले क्याच आउटको सिकार बनाए। पहिलो खेलमा सनराइजर्स हैदरावादविरुद्ध पनि विराटको ब्याट चलेको थिएन। उनी सो खेलमा १४ रनमा आउट भएका थिए। 

यसअघि टस हाररेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनायो। उसका लागि कप्तान केएल राहुलले शानदार ब्याटिङ गरे। उनले ६९ बलमा १४ चौका र ७ छक्कासहित अविजित १३२ रन बनाए। आरसिबीका कप्तान विराट कोहलीले २ क्याच छुटाउँदा राहुलले शानदार पारी खेल्न पाए। 

त्यस्तै, मयंक अग्रवालले २६, निकोलश पुरनले १७ र करुन नायरले अविजित १५ रनको योगदान दिए। ब्लिङमा आरसिबी टिमका शिवम् दुबेले २ र युजवेन्द्र चहलले एक विकेट लिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.