|

नवलपरासी : नारायणी नदीमा पानी बहाव बिस्तारै घट्न थालेको छ। बिहीबार राति ११ बजे नदीमा पानीको बहाव चार लाख १६ हजार क्युसेक प्रतिसेकेण्ड मापन गरिएको जलमापन केन्द्र बाल्मिकिनगरले जानकारी दिएको छ। 

शुक्रबार बिहान ५ बजे पानीको बहाव चार लाख आठ हजार क्युसेक प्रतिसेकेण्ड मापन भएको छ। गसात लाख क्युसेक प्रतिसेकेण्ड बहाव थेग्न सक्ने क्षमता भए पनि गण्डक ब्यारेज पुरानो भएकाले चार लाखदेखि ५ लाख क्युसेकसम्म मात्र थेग्न सक्ने आँकलन गरिएको गण्डक ब्यारेजका लाइजन अफिसर तारासिं थापा बताए।

पानीको बहाव बढ्न थालेपछि बिहीबार बिहान १ बजेदेखि ब्यारेजका ३६ बटै ढोका खोलिएको थियो। यस्तै, गण्डक पूर्वी नहर र पश्चिम नहर पुर्णरुपमा बन्द गरिएको छ। 

गण्डक ब्यारेजमा पानीको बहाव तीन लाख क्युसेक प्रतिसेकेण्ड पुग्नुलाई खतराको सूचक मानिन्छ। खतराको सूचक नाघिसकेकाले पश्चिम नवपरासीका करिब ४० गाउँ डुवानको जोखिममा परेका छन्। नारायणीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका, सरावल गाउँपालिका र  पाल्हिनन्दन गाउँपालिकाका अधिकांश क्षेत्र डुवानमा पर्ने जोखिम रहेको छ। नारायणीले खतराको तह पार गरेसँगै नदी तटीय क्षेत्रका बस्तीका नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.