काठमाडौं : युरोपेली च्याम्पियन बायर्न म्युनिखले युईएफए सुपर कप फुटबलको उपाधि जितेको छ।
गएराति पुस्कास एरिनामा भएको खेलमा युरोपा लिग बिजेता सेभियालाई २–१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो। बायर्नको जितमा लियोन गोरेट्ज्का र जाभिएर मार्टिनेजले गोल गरे। खेलको १३ औँ मिनेटमा पेनाल्टी मार्फत् सेभियाका लुकास ओकाम्पोसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर ३४ औँ मिनेटमा बायर्नका गोरेट्ज्काले बराबरी गोल फर्काए।
दोस्रो हाफमा कुनै पनि टोलीबाट गोल नभएपछि खेलमा ३० मिनेटको समय थप गरिएको थियो। थपिएको समय अन्तर्गत १०४ औँ मिनेटमा मार्टिनेजले निर्णायक गोल गर्दै बायर्नलाई जित जिताए।
बार्यन म्युनिखले यो सिजनमा जर्मन कप, बुन्डेसलिगा र च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।