|
फाइल फोटो

काठमाडौं : सरकारले एसिड आक्रमण गर्नेलाई कडा कार्वाहीको गर्नको लागि कानुन संशोधन गर्नका लागि अध्यादेश ल्याएको छ। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारले अध्यादेश ल्याएको हो।

बिहिबार बसेको मन्त्रिपरिषद् सिफारिसमा राष्टपतिबाट अध्यादेश जारी गराएर हान्ने माथि बलियो कानुन ल्याउन लागेको हो। राष्टपतिबाट अध्यादेश जारी भएपछि अब एसिड आक्रमणबाट मुत्यु भएमा जन्म कैददेखि २० बर्ष कैद र १० लाखसम्मको जरिबाना हुनेछ।

के के हुन्छ कारवाही? 

‘दुवै आँखा जली वा क्षति भई पूर्ण रुपमा दृष्टि नष्ट भएमा, दुबै कानको जाली वा क्षति भई सुन्ने शक्ति पूर्ण रुपमा नष्ट भएमा, नाक जले वा क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा जली वा क्षति भई कुरुप भएमा, महिला भए दुबै स्तन जली वा क्षति भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षति भई नासिएका यस्तो गर्ने गराउनेलाई २० वर्ष कैद र १० लाख जरिवाना’ अध्यादेशमा भनिएको छ। 

यस्तै, एउटा, आँखा, एउटा कान, जली वा क्षति भई काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहार जली वा क्षति भई कुरुप भएमा, महिला भए एउटा स्तन जली वा क्षति भई काम नलाग्ने भएमा, दुबै हात जली काम नलाग्ने भएमा वा दुबै गोडा पूर्ण रुपमा जलेर काम नलाग्ने भएमा टाउकोको कुनै भाग जली क्षति भएमा वा मेरुदण्ड जली वा क्षति भई काम नलाग्ने भएमा १० देखि २० वर्षसम्म कैद र ७ लाखदेखि १० लाखसम्म जरिवाना हुनेछ।

शरीरको अन्य कुनै अंगभंग वा शारीरिक क्षति भएमा कसुरको प्रकृति बमोजिम पाँच वर्षदेखि दश वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुनेछ । एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि उद्योग गरेको मानिनेछ र १० वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुनेछ।

प्रधानमन्त्री ओलीले भदौ २५ भदौमा एसिड आक्रमणमा परेकाहरूसँग भएको छलफलमा एसिड आक्रमण गर्ने विरुद्ध नयाँ कानुन ल्याउने बताएका थिए। सोही अनुरुप सरकारले अध्यादेश ल्याएर नयाँ कानुन ल्याएको हो। एसिड आक्रमणमा परेका पीडितको निःशुल्क उपचार गर्ने सम्म जिम्मा सरकारले लिने भएको छ।

अध्यादेशको पूर्ण पाठ:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.