|
फाइल फाेटाे

काठमाडौं : संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले नियमित तलबको माग र कर्मचारी कटौतीको विरोध गर्दै देशभरका ३२ जिल्लामा ज्ञापनपत्र बुझाएको छ। शुक्रबारसम्म करिब ३२ जिल्ला र नगरपालिका,उपमहानगरपालिकालगायत कार्यालयमा ज्ञापनपत्र बुझाइसकिएको इष्टुका अध्यक्ष होमकुमार थापाले बताए। 

इस्टुले असोज ४ गते विभिन्न विरोध कार्याक्रमहरु सार्वजनिक गर्दै २०७७ असोज ९ सम्म सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र सम्भव भएसम्म गाउँपालिकामा पुनः ज्ञापनपत्र दिने साथै प्याब्सन, एन प्याब्सनका सबै तहमा स्मरण पत्र बुझाउने कार्यक्रम तय गरेका थिए। इस्टुका अध्यक्ष थापाले पूर्वबाहेकका जिल्लाहरुमा ज्ञापन पत्र बुझाइसकेको बताए।

उनले भने, ‘पानी परेका कारण पूर्वका जिल्लामा आइतबार ज्ञापनपत्र बुझाउने कार्यक्रम छ। उपत्यकालगायत अन्य जिल्ला र नगरपालिका,गाउँपालिकामा पत्र बुझाइसकेका छौँ।  शिक्षा विकास मानव सशांधन केन्द्रमा पनि बुझाएका छौँ।’

कात्तिक पहिलो सातासम्ममा श्रावण, भाद्र, असोज महिनाको र चाडबाड खर्च अनिवार्य भुक्तानी गर्ने, भुक्तानी गर्न नसक्ने विद्यालयको हकमा शिक्षक,कर्मचारीहरूको सम्पूर्ण तलब रकम सरकारले बेहोरी शिक्षक,कर्मचारीको उचित व्यवस्थापन गर्दै विद्यालय समायोजन एवम् एकीकरणमा लानुपर्ने लगायत माग इस्टुले राखेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.