|

काठमाडौं : पछिल्लो २४ घण्टामा कोभिड संक्रमणको कारण ३ महिला सहित ६ जनाको मृत्यु भएको छ।

मोरङको ६० वर्षीय महिला र ५५ वर्षीय पुरुषको मृत्यु, सप्तरीको ७० वर्षीय पुरुष, ललितपुरको ५१ वर्षीय पुरुष, काठमाडौं ७५ वर्षीय महिला र कपिलवस्तुकी ७० वर्षीय महिलाको मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आजसम्म निधन हुनेको ४  सय ५९ पुगेको प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए। १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको गौतमले बताएका हुन्। देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ।

मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार २ सय १३ जना रहेका छन्। २४ घण्टामा १२ हजार २ सय ६२ पिसिआर परीक्षण भएको छ।  मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म सरकारले ८ लाख ६ हजार ८१८५ पिसिआर परीक्षण गरेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ४६४ जना मानिस क्वारेन्टाइनमा छन्। हालसम्म देशभरबाट ५१ हजार ८६६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.