|

बाग्लुङ : काठेखोला गाउँपालिका–७ रेशमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ।

खरबारीमा घाँस काट्ने क्रममा रेश म्याउदीका २० वर्षीय प्रेमबहादुर थापाको शुक्रबार मृत्यु भएको हो। उनलाई छारे रोग रहेको प्रहरीले बताएको छ।

घाँट काट्न गएका युवा लामो समय घर नफर्केपछि खोजी गर्दा घाँस काट्ने ठाउँदेखि २० मिटर तल मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए। 

शवको पोस्टमार्टमको तयारी भैरहेको प्रहरी चौकी अक्षतेका प्रहरी सहायक निरीक्षक विनय रेग्मीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.