|

काठमाडौं : धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सप्तरी राजविराज ३ का ६३ वर्षीय पुरुषको गए राती १० गते साढे १ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

विराट मेडिकल कलेजबाट ज्वरो, खोकी र श्वासप्रश्वासमा कठीन भएर विपी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएको थियो। उनमा ८ गते कोरोना पोजेटिभ पुष्टि भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। सोही दिन अस्पतालको भेन्टिलेटरमा राखी उपचार शुरू गरिएको थियो।

योसँगै अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.