|
फाइल तस्बिर

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठ्यारोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन्। 

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी)को अनुसार बिहिबारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त संख्यामा नागरिक  मुलुक फर्केका हुन्।

मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलंकाबाट पाँचजना छन्। उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन। केन्द्रका अनुसार हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट आठ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबीयाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट एक हजार ४४७, बहराइनबाट एक हजार २७४, ओमनबाट एक हजार १५०, अष्ट्रेलीयाबाट एक हजार ९१ र टर्कीबाट ९३६ छन्।

स्वदेश फर्किनेमध्ये प्रदेश १ का १४ हजार ५४६, प्रदेश २ का ११ हजार ९०९, वाग्मती प्रदेशका १८ हजार २४७, गण्डकी प्रदेशका ८ हजार ९७३, प्रदेश ५ का ११ हजार ४५०, कर्णाली प्रदेशका १ हजार ५१८ र सुदुरपश्चिम प्रदेशका  १ हजार ७३७ रहेको केन्द्रले जनाएको छ। फर्कनेमध्ये आठ हजार ४९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.