अग्रवालको भादा घाटमा दाहसंस्कार

|

बर्दिया : कोरोना संक्रमणका कारण बर्दिया सदरमुकाम गुलरियामा रहेको बबई बहुमुखी क्याम्पस प्रमुख विनोद कुमार अग्रवालको मृत्यु भएको छ। गुलरिया नगरपालिका-५ का ५२ वर्षीय क्याम्पस प्रमुख अग्रवालको शनिबार दिउँसो निधन भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए।

होम क्वारेन्टाइनमा बसिरहेका उनलाई स्वास्थ्यमा जटिल समस्या आएपछि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो। अस्पतालको कोभिड आइसोलेसनमा भर्ना हुन नपाउँदै मृत्यु भएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए। 

क्याम्पस प्रमुख अग्रवाल फोक्सो क्यान्सरबाट पीडित थिए। योसँगै बर्दियामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ। 

बर्दियाका प्रजिअ लीलाधर अधिकारी, गुलरिया नगर प्रमुख मुक्तिनाथ यादव, मधुवन नगरप्रमुख गणेश केसी, बर्दियाका प्रहरी प्रमुख केदार रजौरे लगायतको उपस्थितिमा बबई बहुमुखी क्याम्पस गुलरियाका क्याम्पस प्रमुख विनोद अग्रवालको भादा घाटमा नेपाली सोनाको टोलीले उनको दाहसंस्कार गरेको छ। 

दुई वर्षदेखि फोक्सोको क्यान्सरको उपचार गराइरहेका अग्रवाल यसै साता उपचारका लागि दिल्ली गएर फर्केपछि कोरोना पोजिटिभ देखिएर होम आइसोलेसनमा बरिरहेका थिए।

उनलाई असोज ७ गते कोरोना पोजेटिभ देखिएको थियो। क्याम्पस प्रमुख अग्रवालको असामयिक निधनले सिंगो बर्दिया जिल्लाकै शिक्षा क्षेत्रका अविभावक गुमाउन पुगेको भन्दै शिक्षा प्रेमीहरुले दुख व्यक्त गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.