|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता शुरू भएको छ।

 मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा ओली दाहाल छलफलमा जुटेका हुन्। केही समय अघिबाट ओली दाहालबीच बालुवाटारमा छलफल सुरु भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए। ‘उहाँहरु अहिले छलफलमा बसिरहनु भएको छ। बैठकपछि मात्रै उहाँहरु बीचको छलफलको विषयको बारेमा जानकारी आउछ,’ उनले भने।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद् हेरफेरको काम अन्तिम चरणमा पुगेको छ। असोज ४ गतेको सचिवालय बैठकबाट औपचारिक रुपमा प्रवेश पाएको मन्त्रिपरिषद् हेरफेरको बिषयमा टुंगोमा पुर्याउन बैठकले अध्यक्षद्वयलाई जिम्मा दिइएको थियो।

सोही अनुरुप उनीहरु बिहिबारदेखि निरन्तर छलफलमा जुटेका छन्। मन्त्री हेरफेर हुने भएपनि नेकपाभित्र आकांक्षी समेत बढिरहेका छन्। मन्त्रिपरिषद्को हेरफेरको गृहकार्यका लागि ओली दाहालबीच अन्तिम सहमतिमा पुग्न लाग्दा प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक समेत डाकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.