|

काठमाडौं : गोकर्णेश्‍वर नगरपालिकाले असोज १६ गतेबाट नगरभित्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। आइतबार एक सूचना जारी गर्दै नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिएको हो।

‘अभिभावक एवं विद्यालय व्यवस्थापन समितिको आपसी छलफल तथा निर्णयको आधारमा २०७७ असोज १६ गतेदेखि चरणबद्ध तरिकामा, समूहमा,सिफ्टमा वा अन्य कुनै वैकल्पिक विधि प्रक्रियाद्वारा भौतिक रुपमै विद्यालयमा प्रत्यक्ष पठनपाठनको आवश्यक व्यवस्था मिलाउनुपर्ने छ,’ सूचनामा भनिएको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.