|

डडेल्धुरा : युएईमा जारी १३औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल)को नवौँ खेलमा आज राजस्थान रोयल्स र किंग्स इलबेन पञ्जाब खेल्दै छन्।

शारजाह क्रिकेट स्टेडियममा यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। राजस्थानले आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्स (सिएसके)लाई हराएको थियो। ​

पञ्जाबले पहिलो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध पराजय बेहोरे पनि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी)माथि भने शानदार जित हासिल गर्न सफल भएको थियो। पछिल्लो पटक राजस्थान र पञ्जाब राम्रो लयमा देखिएका छन्। पञ्जाबले आरसिबीसँगको खेलमा २ सय प्लस रन बनाएको थियो।

राजस्थानले पनि पहिलो खेलमै सिएसकेलाई २ सयभन्दा बढी रनको चुनौती दिएको थियो। उक्त खेलमा राजस्थानले सिएसकेलाई १६ रनले हराएको थियो। त्यसैले पनि आज हुने राजस्थान र पञ्जाबबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ। 

कुन टिमको प्रदर्शन कस्तो?

सबैभन्दा पहिला किंग्स इलावेन पञ्जाबको बारेमा चर्चा गरौँ। पहिलो खेलमा ‘सुपर ओभर’मा दिल्लीसँग पराजित भएपछि पञ्जाबले दोस्रो खेलमा राम्रो ‘कमब्याक’ गरेको छ। 

कप्तान केएल राहुल आफैं ओपनिङ गर्न आएर टिमलाई जित दिएका थिए। आरसिबीविरुद्ध उनले १३२ रनको उत्कृष्ट इनिङ खेले। मयंक अग्रवालले कप्तानलाई साथ दिए। दुबैले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए।

मयंक आउट भएपछि निकलास पुरन र ग्लेन म्याक्सवेल जस्ता पावर हिटर्सले राम्रो प्रदर्शन गर्न सकेनन् र अर्को छेउमा उभिएका राहुलले एक्लो स्कोर गरिरहे।

अर्कोतर्फ पञ्जाबले दुबै खेलमा उत्कृष्ट बलिङ पनि गरेको थियो। मोहम्मद शमी बलिङ तीव्र गतिको बलिङको नेतृत्व गरिरहेका छन्। उनले २ खेलमा कुल ४ विकेट लिएका छन्। शमीलाई शेल्डन कोट्रेल पनि साथ दिइरहेका छन्।

पछिल्लो खेलमा टिमका पन्जाबका प्रशिक्षक अनिल कुम्बलले दुई लेग स्पिनरलाई खेलाएका थिए। रवि बिश्नोई र मुर्गन आश्विनल ३–२ विकेट लिएका थिए। यी दुई स्पिनरले राम्रो प्रदर्शन गरिरहेका छन्। मुजिब उर रहमान प्लेइङ–११ यति चाँडै टिममा स्थान बनाउने सम्भावना कम छ। 

राजस्थान रोयल्सको बारेमा चर्चा गरौं। यस मैदानमा राजस्थानले चेन्नईविरुद्ध जिते हासिल गरेको थियो। यसले राजस्थानलाई फाइदा पुग्न सक्छ। 

चेन्नईविरुद्ध यशस्वी जैसवाल सस्तैमा आउट भएपछि पछि सन्जु स्यामसन र स्टिभ स्मिथले छक्काको वर्षा गरेका थिए। यी दुई खेलाडीले दोस्रो विकेटको लागि १२१ रनको साझेदारी गरेका थिए।

स्यामसन र स्मिथबाहेक मध्यक्रमका अन्य ब्याट्म्यानहरुले राम्रो प्रदर्शन गर्न सकेनन्। अन्त्यमा, जोफ्रा आर्चरले ४ छक्का हिर्काउँदै चेन्नईलाई २ सय १७ रनको फराकिलो लक्ष्य दिएको थियो।

राहुल तेवाटियाले पनि चेन्नईका तीन महत्वपूर्ण विकेट लिएका थिए, तर उनी थोरै महँगो साबित भएका थिए। जयदेव उनादकट र र टम करनले क्रमशः ४४ र ५४ रन दिएका थिए।

फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २ सय रन मात्र बनाउन सकेको थियो।

बटलर र गेल, चौका–छक्काको वर्षा ! 

आजको खेलमा जोस बटलरले खेल्ने धेरै सम्भावना छ। बटलर क्वारन्टाइनको लामो समय पूरा गरेर राजस्थान टिममा सामेल भएका छन्। तर, उनी कुन क्रममा ब्याटिङ गर्छन् भन्ने बारे अझैं स्पष्ट छैन। पछिल्लो खेलमा बटलरको अनुपस्थितिमा स्मिथले ६९ रनको पारी खेलेका थिए।

यदि आज बटलर खुल्छन् भने राजस्थान टिमको मध्यक्रम मजबुत हुनेछ र यसले राम्रो सुरुवातलाई ठूलो स्कोरमा बदल्न सक्छ। यदि आज बटलरलाई टिममा स्थान दिइयो भने डेभिड मिलरले प्लेइङ–११ बाट बाहिरिनुपर्नेछ। बटलर हार्ड हिटर हुन्। उनी चौका–छक्का हिकाउर्ने ब्याटसम्यानका रूपमा विश्व क्रिकेटमा चिनिन्छन्।

‘युनिभर्सल बोस’ को नामले चिनिने वेष्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले पनि आज खेल्ने सम्भावना छ। यसअघिका दुई खेलमा टिमबाहिर रहेका गेल आजको खेलमा मैदानमा देखिने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

वेष्ट इन्डिजका निकोलस पुरनको ठाउँमा गेलले टिममा स्थान बनाउन सक्नेछन्। पूरनक दुईपटक फ्लप साबित भएका छन्। उनको ब्याट चल्न सकेको छैन। प्लेइङ–११ मा मौका पाएपछि गेलले चौका–छक्काको वर्षा नै गर्नेछन्। उनी चौका–छक्का हिर्काउनमा माहिर छन्।

हेड टू हेड

यी दुई टोलीले १९ पटक आइपिएलमा एकअर्कासँग भिडेका छन्। जसमा राजस्थानको टिम पञ्जाबभन्दा एक कदम अगाडि छ। यी १९ खेलमा राजस्थानले १० पटक र किंग्स इलाबेन पञ्जाबले ९ पटक जितेको छ। 

पछिल्लो पटक जब युएईमा राजस्थान र पञ्जाबको टिम भिडेको थियो। २०१४ पछि यी दुई टोलीबीच ८ खेल भएका छन्। जसमा पञ्जाबले ६ पटक बाजी मारेको छ।

आज यी रेकर्ड बन्न सक्छन्

यदि सञ्जु स्यामसनले आफ्नो अघिल्लो खेलमा चेन्नई सुपर किंग्स विरुद्ध ९ छक्का प्रहार गरेका थिए। आज २ छक्का प्रहार गरे उनले आइपिएलमा आफ्नो १०० छक्का पूरा गर्नेछन्। ग्लेन म्याक्सवेलले पनि यो रेकर्ड बनाउन सक्छन्। म्याक्सवेलले ९१ छक्का प्रहार गरिसकेका छन्। सय छक्का पूरा गर्न ९ आवश्यक छ।

इंग्ल्याण्डका विकेटकीपर ब्याट्सम्यान जोस बटलरलाई आज खेल्ने मौका मिलेपछि यदि उनले ९७ रन बनाए भने टी–२० क्रिकेटमा ६ हजार रन पूरा गर्नेछन्।

राजस्थान रोयल्सको सम्भावित प्लेइङ–११

स्टिभ स्मिथ (कप्तान), यशस्वी जैसवाल, सञ्जु स्यामसन, जोस बटलर, रोबिन उथप्पा, रियान पराग, श्रेयस गोपाल, जोफ्रा आर्चर, टम कुरान, राहुल तेवतिया र जयदेव उनादकट।

पञ्जाबको सम्भावित प्लेइङ–११

केएल राहुल (कप्तान), क्रिस गेल, मयंक अग्रवाल, करुण नायर, ग्लेन म्याक्सवेल, सरफराज खान, जिमी नीशम÷मुजीब उर रहमान, रवि बिश्नोई, मोहम्मद शमी, शेल्डन कोट्रेल र मुर्गन आश्विन।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.