|

बागलुङ : बागलुङका विभिन्न क्वारेन्टाइनमा रहेका ३१ जनासहित गण्डकी प्रदेशमा आइतबार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार गण्डकीका ४ जिल्लामा संक्रमित थपिएका हुन्। बागलुङ जैमिनी नगरपालिकामा २ जना काठेखोला गाउँपालिकामा १० जना बागलुङ नगरपालिकामा ५ जना र गलकोट नगरपालिकामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

उनीहरु सबै विदेशबाट आएर क्वारेन्टाइनमा बसेका हुन्। नवलपरासी पूर्वको कावासोतीमा २ जना र मध्यविन्दुमा १ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै कास्कीको पोखरा महानगर पालिकामा २१ जना र लमजुङको मध्यनेपाल गाउँपालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। 
पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ४४ पुगेको छ। सबैको परीक्षण क्षयरोग उपचार केन्द्र पोखरा गरिएको हो।

कास्कीको पोखरा महानगरपालिकाका–३ का २७ वर्षीय पुरुष र वार्ड नं १५ का ३८ बर्षीय पुरुष गरि २ जना नेपाल प्रहरीमा कार्यरत हुन्। वडा नं ३ का अन्य ७ जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका लागि काम गर्ने कामदार हुन्। लमजुङको मध्यनेपाल–६ का ३५ वर्षीय पुरुष स्थानीय स्कुलका शिक्षक हुन्। उनीहरु सबैलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.