|

काठमाडाैं : सभापति शेरबहादुर देउवाले पछिल्लो समय गरेका निर्णय सच्याउन माग गर्दै रामचन्द्र पौडेल पक्षले विरोध पत्र दर्ता गराउन लागेको छ। सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोपसहित त्यसलाई सच्याउन माग गर्दै पौडेलले पक्षले पार्टी केन्द्रीय कार्यलयमा विरोधपत्र दर्ता गर्न लागेको हो।

वरिष्ठ नेता पौडेलसहित देउवाइतर समूहको हिजो बसुन्धरामा बसेको भेलाले एकपक्षीय ढंगबाट गरिएका निर्णय असोज १९ भित्र सच्याउन देउवालाई अल्टिमेटम दिने निष्कर्ष निकालेको थियो।

सोहीअनुसार आज पार्टी कार्यालयमा विरोधपत्र बुझाउने तयारी गरिएको नेता नवीन्द्रराज जोशीले थाहाखबरलाई जानकारी दिए। अहिले यस विषयमा छलफल भइरहेको र साँझ ५ बजेसम्म भए पनि विरोधपत्र दर्ता गर्नेगरी तयारी भइरहेको उनले जानकारी दिए।

थाहा खबरसँग जोशीले भने, 'नेताहरुसँग टेलिफोनमा कुरा भइरहेको छ, फोन कुरिरहेका छौँ, बेलुका ४ देखि ५ बजेसम्म पनि विरोधपत्र बुझाउने तयारी छ। पौडेल समूहले यसअघि पनि देउवालाई महाधिवेशनको मिति तोकिसकेपछि विधा र विधिविपरीत निर्णय नगर्न माग गर्दै विरोधसमेत जनाउँदै आएको थियो।

यसअघि पौडेल समूहका नेताहरुले लगातार भेला गर्दै देउवाका निर्णयविरुद्ध चरणबद्ध आन्दोलनमा जाने छलफल गरेका थिए। सोही निर्णयअनुसार विरोधपत्र बुझाएर समय सभापति देउवाका उक्त कदम रोक्न सीमासहितको अल्टमेटम दिने, त्यसपछि निर्णय नसच्चिए धर्नादेखि अनशन र अन्य वैधानिक कदमहरु उठाउने गरी निर्णय गरिएका थिए।

१९ गतेसम्म पनि निर्णय नसच्याए पछिका कदमका विषयमा अहिले नै टुंगो भने लागिसकेको छैन। यसैबीच, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले हस्ताक्षर गर्न अस्वीकार गरे पनि पौडेल पक्षले भने सभापति देउवाविरुद्ध विरोध पत्र दर्ता गर्ने भएका हुन्।

पौडेल पक्षका २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेको विरोध पत्र साँझ ५ बजेसम्ममा पार्टी केन्द्रीय कार्यालय सानेपामा दर्ता गर्ने तयारी रहेको नेता जोशीले जनाकारी दिए। 

​सिटौला पक्षले विरोध पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरे पनि केन्द्रीय समितिमा पौडेल पक्षलाई साथ दिने सहमति बनेको छ। आज वरिष्ठ नेता पौडेल र सिटौलाबीच भएको भेटवार्तामा सिटौलाले विरोध पत्रमा हस्ताक्षर नगरे पनि केन्द्रीय समिति बैठकमा साथ दिने प्रतिबद्धता जनाएका वरिष्ठ नेता पौडेलले थाहाखबरलाई जनाए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.