कृषि अनुसन्धान परिषदमा भण्डारी नियुक्त

|
फाइल फोटो

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद्को बैठक सकिएको छ। आइतबार मध्यान्ह १२ बजेको लागि बोलाइएको बैठक सकिएको हो।

आजको मन्त्रिपरिषद् बैठकले नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। साथै, बैठकले इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई तोक्ने निर्णय गरेको समेत ती मन्त्रीले बताए।  

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएन

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेरको अन्तिम तयारीमा पुगेको बेलामा आकस्मिक बैठक डाक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको थियो। तर, आजको मन्त्रिपरिषद्को बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल नै नभएको एक मन्त्रीले बताए। 

प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनको विषयमा केही दिनयता निरन्तर छलफल भइरहेको छ। तर, उनीहरुबीच ककसलाई सरकारमा ल्याउने भन्ने विषयमा सहमति बनिनसकेको बुझिएको छ। 

मन्त्रिपरिषद् पुनर्गठनको क्रममा प्रधानमन्त्रीले रेल र पानीजहाज मन्त्रालय थप्ने र अन्य केही मन्त्रालय टुक्राउनेबारे गृहकार्य गरिरहेका छन्। सरकारको काम प्रभावकारी बनाउनका लागि भदौ २६ गतेको स्थायी कमिटीको निर्णयअनुसार ओलीले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन्। हेरफेरको क्रममा दुई बर्से कार्यकाल बताइसकेको अधिकांश मन्त्रीहरु बिदा हुने देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.