|

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार आफ्नो प्रतिद्वन्द्वी जो बाइडेनको मङ्गलबारको पहिलो बहस अघि वा पछि स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गरेका छन्। 

डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बाइडेनले अमेरिकी राष्ट्रपतिका लागि गरेका प्रचारप्रसारका क्रममा देखिएको ‘निद्रा’ र आक्रामक शैलीप्रति व्यङ्ग्य गर्दै ट्रम्पले बाइडेनको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएका हुन्। 

'निर्वाचनको अभियानमा रहेका बाइडेनको शारीरिक व्यवहारले परीक्षणको आवश्यकता देखाउँछ', ट्रम्पले ट्विटरमा भनेका छन्, 'मेरो दृढ माग मङ्गलबार राति बहस हुनुभन्दा अघि वा पछि उहाँको परीक्षण होस् भन्‍ने हो।'

ट्रम्पले आफ्नो दावीको लागि कुनै ठोस प्रमाण पेश नगरिकन यस्तो बताएका हुन्। 'स्वाभाविक रूपमा, म पनि ‘एउटा’ लिन सहमत छु', उनले भने, 'निर्वाचन बहसलाई हल्का रूपमा राख्‍न अमेरिकी इतिहासमा मैले रेकर्ड स्थापित गरेको छु। बाइडेनमा लागुऔषध (ड्रग्स) को विसंगति देखिएको हुन सक्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.