|

धनकुटा : धनकुटा नगरपालिका–६ फोक्लेन टापुमा पहिरोका कारण तीन परिवार विस्थापित भएका छन् भने ६ घर जोखिममा परेका छन्।

लगातारको वर्षाका कारण पहिरो निरन्तर खसेकाले पदमशेर राई, जोसना राई र विशालहाङ राईको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। पहिरोले तोर्णदिप तिगेला, सन्तवीर लामा, इन्द्रमाया लिम्बू, खड्ग कटुवाल, रीतु श्रेष्ठ र शेरबहादुर भण्डारीको घर अति जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए।

विस्थापितहरु छिमेकीको घरमा आश्रय लिएका छन्। उनीहरुलाई अर्कै ठाउँमा घर बनाएर व्यवस्थापन गर्नुपर्ने अवस्था आएको वडा नम्बर ६ का अध्यक्ष नरेश श्रेष्ठले बताए। नगरपालिका र स्थानीय प्रशासनसँग सहकार्य गरेर गरेर उनीहरुको व्यवस्थापनमा गरिने उनको भनाइ छ।

पहिरोले धनकुटाबाट सो गाउँ जाने सडक पनि क्षतविक्षत भएको छ। पहिरोको उच्च जोखिममा परेको फोक्लेन टापुमा गत वर्ष पनि पहिरोकै कारणले दुई घर विस्थापित भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.