|

सल्यान : स्थानीय तहले सञ्चालन गरेको टोल सिकाइ केन्द्र बन्द भएका छन्। विद्यालय बन्द भएपछि टोल सिकाइ केन्द्रमार्फत स्थानीय तहहरुले विद्यार्थीहरुलाई पढाउँदै आइरहेका थिए।

जिल्ला प्रशासन कार्यालय सल्यानले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै पठनपाठन बन्द गर्न सूचना जारी गरेपछि दशवटै स्थानीय तहमा सञ्चालन भइरहेका टोल सिकाइ केन्द्र बन्द भएका हुन। सरकारले बालबालिकाको पठनपाठन प्रभावित हुन नदिन बैकल्पिक शिक्षण निर्देशिका जारी गरेपछि २०० भन्दा बढी विद्यालयले टोल सिकाइ केन्द्र सञ्चालन गर्दै आइरहेका थिए।

जिल्ला प्रशासनले जमघट लगायतका भेला सम्मेलन गर्न निषेध गरेपछि सिकाइ केन्द्रको पठनपाठन बन्द गरिएको शिवजन माध्यमिक विद्यालय श्रीनगरका प्रधानाध्यापक हिरालाल नेपालीले बताए। उनले भने, ‘शिक्षकले टोल टोलमा पुगेर पठनपाठन गरिरहेका थिए। तर, प्रशासनले रोकेपछि बन्द गरेका छौं।’

१२ सिकाइ केन्द्रमार्फत विद्यार्थीहरुलाई पढाई रहेको जनज्योति माध्यमिक विद्यालय फारुलाले पनि पढाइ बन्द गरेको प्रधानाध्यापक मीनबहादुर ओलीले बताए। विद्यार्थीको पढ्ने बानीको विकास होस् र पहिले पढेको नर्बिसून् भनी गाउँ टोल टोलमा पुगेर पढाइरहे पनि प्रशासनले कोरोना कहर देखाउँदै बन्द गर्न सूचना जारी गरेपछि बन्द गरिएको उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.