काठमाडौं : ग्लोबल आइएमई बैंकले महिलाहरुलाई लक्षित गरेर ‘मेरी उनीलाई’ मुद्दती खाता सञ्चालनमा ल्याएको छ।
महिलाका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाता बाहक महिलाहरुलाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन, उक्त योजना ल्याएको बैंकले जनाएको छ।
एक लाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दती योजनामा वार्षिक नौ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ। यस योजनामा ६ महिनादेखि पाँच वर्षसम्मको अवधिको लागि खोल्न सकिनेछ। आवश्यकता अनुसार पटकपटक रकम थप गर्न पनि सकिने व्यवस्था छ।
बैंकले यो खातासँगै निःशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दती बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र १० लाख रुपैयाँभन्दा बढी रकमको मुद्दती खाता खोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ।
यस्तै, होम लोनको प्रोसेसिङ शुल्कमा शतप्रतिशत छुट, निश्चित रकमसहित खाता खोल्ने प्रतिवद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइने बैंकले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।