काठमाडौं : मुलुकभर पछिल्लो २४ घण्टामा २ महिला सहित ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। सुनसरीकी ३८ वर्षीया महिला, भक्तपुरकी ५१ वर्षीया, बाँकेका ४७ वर्षीय पुरुष र गुल्मीका ३४ वर्षीय पुरुषको मृत्यु भएको हो।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। कोरोनाको कारणबाट मृत्यु हुनेहरुको संक्रमित ०.६५ प्रतिशत रहेको छ।
देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५१ संक्रमित थपिएका छन्। गौतमका अनुसार आज ७ सय ४२ संक्रमित कोरोनामुक्त भएका छन्। आज पिसिआर १० हजार ८० भएको उनले बताए। साथै हाल देशभरका संस्थागत आइसोलेसनमा ८ हजार ६ सय ९५ संक्रमित छन्।
हाल देशभर १९ हजार ६ सय २४ सक्रिय संक्रमित रहेका पनि उनले बताए। त्यस्तै, क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ३ सय १० छ। आजसम्म ७३ दशमलव १ प्रतिशत कोरोनामुक्त भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।